उडिरहेकाे विमानकाे ककपिटमा कुटाकुटमा उत्रिएका दुई पाइलट निलम्वित

उडिरहेको विमानको ककपिटमा मुक्कामुक्की गर्ने दुई पाइलटलाई फ्रेन्च एयरले निलम्वन गरेको छ ।

गत जुनमा जेनेभाबाट पेरिस जाँदै गरेको ३२० ए एयर बसका दुई पाइलटबीच ककपिटमा झगडा भएको स्वीस समाचार पत्र ला ट्रिब्युनले जनाएको छ ।

विमानको क्याप्टेन र फष्ट अफिसरले एकले अर्कोलाई मुक्का प्रहार गरेका थिए । चालक दलका अन्य सदस्यले ककपिटमा होहल्ला सुनेपछि हस्ताक्षेप गरेका थिए ।

त्यसपछि पेरिसमा विमान सुरक्षित रुपमा अवतरण नहुन्जेलसम्म चालक दलको एक सदस्य ककपिटमा बसेका थिए । सो घटनाले उडान प्रभावित नभएको ला ट्रिब्युनलाई विमान कम्पनीले जनाएको छ ।

फ्रान्सको एयर इन्भेष्टिगेशन निकायले सुरक्षा कार्यविधि अपनाउने विषयमा सो विमान कम्पनीमा कठिन संस्कृतिको अभाव रहेको बताएपछि घटना सार्वजनिक भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर