कांग्रेस सहमहामन्त्री यादवले गराए यातायत क्षेत्रको वर्तमान अवस्थाबारे गृहमन्त्रीको ध्यानाकर्षण

नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवले यातायत क्षेत्रको वर्तमान अवस्थाबारे गृहमन्त्री बालकृष्ण खाण र गृहसचिव टेकनारायण पाण्डेको ध्यानाकर्षण गराएका छन् ।

गृह मन्त्रालयमा भएको भेटमा ठूला चाडपर्व नजिकिएको अवस्थामा सार्वजनिक यातायातमा सुरक्षित यात्रा र यातायातको व्यवस्थाबारे सहमहामन्त्री यादवले ध्यानाकर्षण गराएका हुन् । यादव पार्टीको निवर्तमान यातायात समन्वय विभागका प्रमुख पनि थिए ।

भेटमा ट्रक व्यवसायी महासंघ यातायात व्यवसायी महासंघको विधानबारे पनि कुराकानी भएको थिए । यातायात क्षेत्रमा देखिएका वर्तमान विषयवस्तुलाई विधानमा समेटेर अगाडि बढ्ने भन्ने विषयमा पनि कुराकानी भएको थियो ।

गृहमन्त्री खाण र सचिव पाण्डेले सहज यातायात व्यवस्थापनबारे मन्त्रालय सजक रहेको बताएका थिए । आफूहरूले ठूला चाडपर्व नजिकिएको बेलामा यातायात व्यवस्थित र सहज बनाउन अहिलेबाटै पहल गरिरहेको बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *