इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त पक्राउ

इन्टरपोलबाट रेड नोटिस जारी भएका मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार अभियुक्त लमजुङको दोर्दी गाउँपालिका–१ भर्ते ठेगाना भएका ३८ वर्षीय नारायण प्रसाद अधिकारीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा संलग्न रही फरार रहेका अधिकारीलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालय मानव बेचबिखन ब्यूरोको अनुरोधमा इन्टरपोल महासचिवालयबाट रेड नोटिस जारी भएको थियो । उनको खोजी गर्ने क्रममा इन्टरपोल मकाउको समन्वयमा मकाउमा पक्राउ परेका उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएपश्चात् नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

अधिकारीले मासिक १ लाख ५० हजार रुपैयाँ तलब हुनेगरी क्यानेडियन कम्पनीमा रोजगारी मिलाइदिने भनी पीडितहरूमार्फत २५/२५ सय डलर र पासपोर्टसमेत लिई उनीहरूलाई दुबईमा राखेका थिए । दुबईबाट लिबिया हुँदै इटाली लाने भनी पीडितहरूबाट पुनः ३ लाख रुपैयाँ आफ्नो श्रीमतीको बैंकको खातामा जम्मा गर्न लगाई लिबियाको शरणार्थी क्याममा राखिएको अवस्थामा लिबियास्थित नेपाली सेनाको शान्ति सेना मिसन, इजिप्टस्थित नेपाली राजदूतावास र आईओएमको समन्वयमा पीडितहरूलाई नेपाल फिर्ता ल्याइएको थियो ।

पक्राउ परेका उनलाई आवश्यक कारबाहीका लागि नेपाल प्रहरी प्रधान कार्यालय मानब बेचबिखन ब्यूरोमा बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *