मिटर ब्याज पीडितहरुले बिहीबार माइतीघरदेखि बालुवाटारसम्म मार्च गर्ने

मिटर ब्याजी साहुकारविरुद्ध मिटर ब्याज तथा ठगी विरुद्ध किसान मजदुर मोर्चाले बिहीबार माइतघरदेखि बालुवाटारसम्म मार्च निकाल्ने भएको छ । मिटर ब्याजी साहुकारविरुद्ध समितिको आह्वानमा राजधानी केन्द्रीत आन्दोलन सुरु भएको बिहीबार एक महिना पुग्दैछ ।

समितिका अध्यक्ष रामसुरत गुप्ताले अपिल जारी गर्दै मार्चमा सबै पक्षको सहभागिताका लागि आह्वान गरेका छन् । उनीहरुको प्रमुख मागमा सरकारले दृष्टिबन्धन लगायत अन्य तमसुक अवैद्ध घोषणा गर्दै किसानलाई क्षतिपूर्ति दिनुपर्ने रहेको छ ।

अपिलमा सरकारले सहसचिवको नेतृत्वमा गठन गरेको मिटर ब्याजी अपराध नियन्त्रण सिफारिस कार्यदलको तयार पारेको प्रतिवेदन सार्वजनिक गरेर मूल माग सम्बोधन गर्ने आशा लिएको उल्लेख छ । ‘कार्यदलमा पीडितका प्रतिनिधिको सहभागिता नगराइएको तथा अहिलेसम्म सरकारको कार्यशैली हेर्दा राज्यप्रति आशा गरे पनि भरोसा गरिहाल्ने अवस्था छैन’अपिलमा भनिएको छ ।

पश्चिम तराईको नवलपरासी (सुस्ता बर्दघाट पश्चिम)का मिटर ब्याज पीडितहरु करिब एक महिनादेखि माइतीघर मण्डलमा धर्ना दिँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर