विघटित सोभियत संघका अन्तिम राष्ट्रपति गोर्बाचोभकाे निधन

विघटित सोभियत संघका अन्तिम राष्ट्रपति मिखाइल गोर्बाचोभको निधन भएको छ ।

उनी ९१ वर्षका थिए । उनी १९८५ देखि १९९१ सम्म तत्कालीन सोभियत संघको राष्ट्रपति थिए ।

सोभियत कम्युनिष्ट पार्टीका महासचिव गोर्बाचोभले आफ्नो कार्यकालमा सुधारको दुई वटा कार्यक्रम अघि सारेका थिए ।

जसले सोभियत संघको भविष्य परिवर्तन गरिदियो । अभिव्यक्ति स्वतन्त्रता अर्थात ग्लासनोस्त र आर्थिक सुधार अर्थात पेरेस्त्रोइका कार्यक्रम रहेको थियो ।

ग्लासनोस्त नीति पछि सोभियत संघमा मानिसलाई सरकारको आलोचना गर्ने अधिकार प्राप्त भयो । अमेरिकासँग शितयुद्ध अन्त्य गर्न महत्वपूर्ण भूमिका गोर्बाचोभले खेलेपनि सोभियत संघ विघटनलाई रोक्न सकेनन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *