चोलेन्द्रसँग समितिले लिन थाल्यो बयान

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग महाभियोग सिफारिस समितिले बयान लिन सुरु गरेको छ । जबरासँग बन्द कोठाभित्र बयान लिन सुरु गरिएको हो ।

यसअघि बन्द कोठाभित्र बयान लिने कि खुला भन्नेमा महाभियोग सिफारिस समितिमा बहस हुँदा बयान लिने काम सुरु गर्न ढिलाइ भएको थियो ।

महाभियोग सिफारिस समितिले बयानका लागि यसअघि नै प्रमाणहरू संकलन गरेको छ । समितिलाई नेपाल बार एशोसिएसनले मात्रै ३४ वटा प्रमाण बुझाइसकेको छ ।

प्रधानन्यायाधीश राणालाई संविधान र कानूनको गम्भीर उल्लंघन गरेको, भ्रष्टाचार र गैरकानूनी सम्पत्ति आर्जन गरेको आरोप लागेको छ ।

प्रधानन्यायाधीश राणालाई गत फागुन १ गते सत्तारूढ दलका सांसदहरूले महाभियोग प्रस्ताव संसद्मा दर्ता गराएका थिए । संसद्मा महाभियोग दर्ता भएको ६ महिनापछि संसद्ले महाभियोग छलफलको लागि समितिमा पठाएको थियो ।

नेपालको न्यायिक तथा संसदीय इतिहासमा पहिलो पटक प्रधानन्यायाधीशसँग बयान लिन लागिएको हो । गत १ फागुनमा सत्तारूढ दलले राणामाथि महाभियोग लगाएपछि २३ फागुनमा प्रतिनिधि सभाले महाभियोग सिफारिस समिति गठन गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *