चोलेन्द्रको बयान आज सकिएन, भोलि फेरि लिइने

निलम्बित प्रधानन्याधीश चोलेन्द्र शमशेर जबराको बयान आज सकिएन। संसद्को महाभियोग सिफारिस समितिले जबरालाई सोध्न ४३ वटा प्रश्न तयार पारेको थियो । तर, बुधबार उनले ४ वटा प्रश्नको मात्र जवाफ दिएका छन् ।

महाभियोग सिफारिस समितिले जबराको बिहीबार पनि बयान लिने भएको छ । बुधबार उनको बयान नसकिएपछि बिहीबार पनि लिने समितिका एक सदस्यले बताए ।

बुधबार बयान दिएका जबराले आफूमाथिको महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको दाबी गरेका छन्। अब त्यसको औचित्य नरहेको तर संसद्को सम्मानका लागि मात्रै आफू समितिमा उपस्थित भएको उनको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर