अवस्था ठीक नभएका सवारी साधन चलाउने २६ जना चालक कारबाहीमा

अवस्था ठीक नभएका सवारी साधनलाई कारबाही गर्दै आएको ट्राफिक प्रहरीले बुधबारदेखि अभियानकै रूपमा कारबाहीलाई थप तीव्रता दिएको छ । काठमाडौंको कीर्तिपुरस्थित टीयू गेट नजिकै बुधबार बिहान तालि प्राप्त प्राविधिकसहितको टोलीद्धारा गरिएको चेकिङको क्रममा २६ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

चेकिङको क्रममा हेण्ड ब्रेक निकालेका ३ जना टाटा सुमोका चालक र च्यासिस बांगो बनाएको एउटा टाटा सुमोका चालकलाई ट्राफिक प्रहरीले सवारी साधनकोस्वरूप परिर्वतनको कसुरमा कारबाही गरेको हो । यस्तै हेडलाइट ठीक नभएको एउटा र अवस्था ठीक नभएको ५ वटा टाटा सुमोका चालकलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

चेकिङमै भेटिएका वाइफर निकालेको र सवारी साधनको बत्ती ठीक नभएको ८ ओटा पानी ट्याङकर र अन्य टाटा र डि. आई गाडीका ८ जना चालकलाई पनि कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए ।

अवस्था ठीक नभएको सवारी साधन चलाउँदा सवारी दुर्घटना बढ्न सक्ने र यसले यात्रुको जीवन पनि जोखिममा पर्न सक्ने भएकाले सम्भावित जोखिम कम गर्न बुधबारबाट अभियानलाई तीव्रता दिइएको हो । आगामी दिनमा अभियानले निरन्तरता पाउने र अवस्था ठीक नभएको सवारी साधन चलाएको पाइएमा सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ बमोजिम कारबाही हुने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर