टी–२० विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक नेपालमा, प्रधानमन्त्रीले गरे अवलोकन

टी–२० विश्वकप क्रिकेटको ट्रफी पहिलो पटक नेपाल आइपुगेको छ । उक्त ट्रफी सोमबार नेपाल ल्याइएका हो।

विश्वकप सुरु हुनुभन्दा १०० दिनअघि विश्वका विभिन्न सहरमा ट्रफी लैजाने यात्रा सुरु भएको थियो । विश्वकप ट्रफीको यात्रा जुलाई ८ मा अस्ट्रेलियाको मेलबर्नबाट सुरु भएको थियो । विश्वका १३ देशका ३५ स्थानमा ट्रफी प्रदर्शन हुँदैछ ।

विश्व भ्रमणको सिलसिलामा सोमबार नेपाल आएको ट्रफी मंगलबार सगरमाथाको आधार शिविर र गोक्यो तालमा प्रदर्शन गर्ने तय भएपनि मौसम खराबीका कारण प्रदर्शनी रोकिएको थियो । क्यानका अनुसार ट्रफी छिट्टै सगरमाथा र गोक्योमा लगिनेछ ।

ट्रफी बुधबार बिहान ११ः३० बजेदेखि भक्तपुर दरबार स्क्वायरमा प्रदर्शनमा राखिएको थियो । यसअघि मंगलबार चन्द्रागिरि पुर्‍याइएको थियो ।

ट्रफी राष्ट्रपति र प्रधानमन्त्रीको कार्यालयमा हस्तान्तरण गर्ने तालिका अनुसार आज ट्रफी प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा पुगेको छ ।प्रधानमन्त्री देउवाले बालुवाटारमा विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी अवलोकन गरेका छन्

यसअघि सन् २०१९ मा भएको एकदिवसीय विश्वकप क्रिकेटको ट्रफी नेपाल ल्याइसकेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *