ट्राफिक नियम उल्लंघन गरी फरार भएका ६३ जना चालक कारबाहीमा

विभिन्न ट्राफिक नियम उल्लंघन गरी फरार भएका ६३ ओटा दुईपांग्रे सवारी साधनका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।

सीसीटीभीमा कैद भएको भिडियोका आधारमा लेन उल्लंघनमा ३१ जना, एकतर्फी सडकमा सोविपरीत सवारी साधन चलाएका २३ जना र सवारी मोड्न निषेध गरेको स्थानमा सवारी साधन मोडेका ८ जना चालकलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यससँगै यात्रु लिन नमानेको कसुरमा १ जना चालक पनि कारबाहीमा परेका छन् । भदौ १ गते देखि १४ गते सम्म काठमाडौं उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लंघन गरेका ४ सय २० जना चालकमध्ये ट्राफिक प्रहरीले खोजी गरी ल्याएका आएका ९७ जना चालकमध्ये ६३ जना कारबाहीमा परेका हुन् ।

अन्य चालकहरू हालसम्म ट्राफिक प्रहरीको सम्पर्कमा नआएकाले खोजी भइरहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए । सवारी नियम उल्लंघन गर्ने चालकलाई विगतमा सीसीटीभी फुटेजको आधारमा खोजी गरिरहेको ट्राफिक प्रहरीले यसलाई थप तीव्रता दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर