काठमाडौं क्षेत्र नम्बर १० बाट हिमेश केसीसहितका एमाले नेता सिफारिस

नेकपा एमालेले आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि काठमाडौंका १० वटै क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ। क्षेत्र नम्बर १० बाट युवा नेता हिमेश केसीसहित ७ जना नेता उम्मेदवार सिफारिस भएका छन्। बुधबार बसेको क्षेत्रीय कमिटी बैठकले नेता केसीसहित ७ जना नेताको नाम जिल्ला कमिटीमा पठाएको हो।

नेता केसी २०५८ सालदेखि एमालेबाट राजनीतिमा सक्रिय छन्। उनी एमालेकाे जनवर्गीय संगठन युवा संघको काठमाडौं इन्चार्जसमेत हुन्।

उनले अहिले पार्टीबाट समेत युवा नेतालाई उम्मेदवार बनाउनुपर्ने कुरा उठिरहेको र क्षेत्र नं. १० मा आफ्नो राम्रो प्रभाव रहेका कारण उम्मेदवारी दिएको बताए।

‘मेरो पक्षमा युवाहरूको राम्रो समर्थन छ। यस क्षेत्रका नागरिकलाई प्रत्यक्ष आभाष हुनेगरी विकास गर्न मेरो उम्मेदवारी हाे,’ नेता केसीले भने।

उनले यसअघिको निर्वाचनमा एमालेबाट निर्वाचित जनप्रतिनिधिले गरेका कामको प्रचार गर्न नसक्दा काठमाडौं क्षेत्र नं. १० मा एमाले केही कमजोर बनेकाले विरासत फर्काउन पनि आफ्नो उम्मेदवारी रहेको बताए ।

‘पहिले एमालेको गढका रूपमा चिनिने यो क्षेत्र अहिले केही कमजोर बनेको छ। यसअघिका एमाले जनप्रतिनिधिले आफूले गरेको कामको विषयमा जनतामाझ राम्रोसँग जानकारी पुर्‍याउन नसक्नु यसको कारण हो,’ उनले भने, ‘यस क्षेत्रमा कांग्रेसबाट निर्वाचित सांसदले जनताको आवश्यकताअनुसार केही काम गरेका छैनन्। म काम गरेर देखाउँछु भन्ने अठोटका साथ उम्मेदवारी दिएको हुँ।’

एमालेले पहिलो चरणमा प्रदेश तथा प्रतिनिधि सभाका लागि सम्बन्धित निर्वाचन क्षेत्रीय समन्वय समितिले उम्मेदवार सिफारिस गर्छ । यसरी उम्मेदवार सिफारिस गर्दा कम्तीमा १ जना महिलासहित ३ जनाको नाम सिफारिस गर्न केन्द्रीय कमिटीको निदेर्शन छ । ती नामहरूमा जिल्ला क्षेत्रीय कमिटी हुँदै केन्द्रमा भदौ २२ गतेसम्म सिफारिस गर्न केन्द्रीय कमिटीले भनेको छ ।

यी हुन् क्षेत्र नं. १० बाट एमालेले सिफारिस गरेका उम्मेदवार :
१.हिमेश केसी
२.रमेश महर्जन
३.शम्भुराम महर्जन
४.भक्तलाल श्रेष्ठ
५.सुरेन्द्र मानन्धर
६.विनोद श्रेष्ठ
७.सरबकुमार महर्जन

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर