जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारी बर्खास्त

न्याय परिषद्ले जिल्ला न्यायाधीश श्यामसुन्दर अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको छ । न्याय परिषद्को मङ्गलबार बसेको बैठकले बाँके जिल्लामा कार्यरत न्यायाधीश अधिकारीलाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो ।

न्याय परिषद्का प्रवक्ता मानबहादुर कार्कीका अनुसार कार्यक्षमता र न्यायिक आचरणमा सुधार नआएको साथै न्यायिक विचलनमा परेर फैसला र आदेश गर्ने गरेको छानबिन समितिको प्रतिवेदनका आधारमा बर्खास्त गरिएको होे ।

यसअघि परिषद्को बैठकले न्यायाधीश अधिकारीलाई मुद्दामा आर्थिक चलखेल गरेको, खराब आचरण र उचित कार्यक्षमताको कमी भएको उल्लेख गर्दै सुधार गर्नका लागि सचेत गराएको थियो । न्यायिक विचलन देखिएपछि मुद्दा हेर्न रोक लगाई न्यायाधीश अधिकारीलाई गत साउन ३ गते सर्वोच्च अदालतमा तानिएको थियो ।

यसअघि परिषद्ले न्यायाधीश बन्ने योग्यताको कमी भएको भन्दै उच्च अदालतकी न्यायाधीश रेणुका शाह पदबाट बर्खास्त गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *