अमेरिकी डेमोक्र्याटिक पार्टीका नेता स्वालवेल नेतृत्वको प्रतिनिधिमण्डल नेपालमा

अमेरिकी डेमोक्र्याटिक पार्टीका नेता, क्यालिफोर्नियाको १५औँ कंग्रेसनल डिस्ट्रिक्टका लागि अमेरिकी प्रतिनिधि एरिक स्वालवेलको नेतृत्वमा चार सदस्यीय अमेरिकी प्रतिनिधिमण्डल बुधबार नेपाल आइपुगेको छ। उनीहरू एयर इन्डियाको विमानबाट दिल्ली हुँदै नेपाल आएका हुन्।

प्रतिनिधिमण्डलकाे सदस्यहरूमा स्वालवेल, थोमस ईगर, हेन्ना कार्स र ट्रोय नेइनबर्ग छन्। उनीहरूले नेपालमा उच्चस्तरीय भेटवार्ता गर्नेछन्।

उनीहरूको भ्रमणबारे नेपालस्थित अमेरिकी दूतावासले अहिलेसम्म कुनै औपचारिक जानकारी दिएको छैन।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *