रुस, चीन र भारतको युद्ध अभ्यासमा गोर्खा सैनिक

चीन, भारत, रुससहितका देशले बिहीबारबाट सुरु गरेकाे ठूलो युद्ध अभ्यासमा गोर्खा सैनिक पनि सहभागी भएका छन् ।

रुसको सुदुर पूर्वी क्षेत्रमा सञ्चालन हुने ‘भोस्तोक २०२२’ युद्ध अभ्यासमा भारतीय सेनामा  कार्यरत गोर्खा सैनिक पनि सहभागी रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

‘नयाँ दिल्लीले अभ्यासका लागि गोर्खा सैनिकसहित ७५ सदस्यीय टोली पठाएको छ’ ब्लुमबर्ग लेखेकाे छ । जसमा भारतीय नौसेना र वायु सेनाका अधिकारीहरुको पनि सहभागिता रहेको छ । युद्ध अभ्यास एक सातासम्म चल्ने छ।

५० हजार सैनिक सहभागी हुने युद्ध अभ्यासमा १ सय ४० वटा युद्धक विमान र ६० वटा युद्धपोतसहित ५ हजार सैन्य उपकरणको प्रयोग हुने रुसी सेनाले जनाएको छ । नौसैनिक अभ्यास ‘सी अफ जापान’मा आयोजना गरिने छ ।

संघाइ कोअपरेसन अर्गनाइजेसन र पूर्व सोभियत गणराज्यहरुको संगठन कलेक्टिभ सेक्युरिटी ट्रिटी अर्गनाइजेसनले नियमित रुपमा युद्ध अभ्यासकाे आयोजना गरिरहेकाे छ ।

अमेरिका तथा उसका सहयोगी राष्ट्रहरुले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई एक्ल्याउन खोजेको समयमा युद्ध अभ्यास हुन लागेको हो ।

अमेरिकाले भारतलाई आफ्नो रक्षा साझेदार बनाउन खोजेको छ र युक्रेन युद्धमा रुसमाथि लगाएको नाकाबन्दी कमजोर नबनाउन आग्रह गर्दै आएको छ ।

यसअघि पनि आयोजना हुने यस्ता युद्ध अभ्यासहरुमा सहभागी हुँदै आएको भारतले  युक्रेनमाथि गरिएको आक्रमणमा कुनै पक्ष लिएको छैन ।

भारतले रुसबाट ठूलो परिणाममा सैन्य हतियार र उपकरण खरिद गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *