विश्वप्रकाश शर्मा झापा १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा झापा क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् ।
बिहीबार बसेको क्षेत्रीय कार्यसमिति, महाधिवेशन प्रतिनिधि र प्रदेश अधिवेशन प्रतिनिधिहरूको बैठकले शर्माको नाम सर्वसम्मत रूपमा सिफारिस गरेको हो ।

वि.सं. २०७४ को निर्वाचनमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सुरेन्द्रकुमार कार्कीले त्यस क्षेत्रमा शर्मालाई पराजित गरेका थिए । त्यसअघि संविधान सभाको निर्वाचनमा नेकपा (एमाले) का नेता रविन कोइरालाले शर्मालाई पराजित गरेका थिए ।

मंगलबार एक कार्यक्रममा शर्माले आफू चुनाव लड्दा सोही क्षेत्रबाट मात्र लड्ने र यो तेस्रो पटकको ट्रायल भएकाले यसमा आफू सफल हुने बताएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर