गृहमन्त्री खाण रूपन्देही २ बाट उम्मेदवार सिफारिस

गृहमन्त्री बालकृष्ण खाण रूपन्देही क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभाको उम्मेदवार सिफारिस भएका छन् ।

नेपाली कांग्रेस क्षेत्रीय समितिले गृहमन्त्री खाणसहित नेता युवराज गिरी र व्यवसायी चुन्नुप्रसाद पौडेललाई उम्मेदवार सिफारिस गरेको हो ।

खाण २०७४ को निर्वाचनमा रूपन्देही ३ बाट समानुपातिकमा बसेका थिए । रूपन्देही–२ मा २०७४ सहित त्यसअघिका तीन वटा संसदीय चुनावमा एमाले नेता विष्णु पौडेलले जित्दै आएका छन् ।

कांग्रेस रूपन्देहीका सचिव हरि काफ्लेले गृहमन्त्री खाण रूपन्देही ३ बाट पनि सिफारिस हुन सक्ने बताए ।

गिरी २०७४ को चुनावमा पौडेलसँग पराजित भएका थिए ।

यस्तै रूपन्देही ४ को प्रतिनिधि सभा सदस्य उम्मेदवारमा कांग्रेसले प्रमोद यादवलाई एकल सिफारिस गरेको छ । उनी २०७४ को चुनावमा निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर