नेपाल र भारतबीच जैविक विविधता संरक्षणमा सहयोग प्रवर्द्धन गर्ने समझदारी अनुमाेदित

भारत सरकारले नेपाल र भारतबीच जैविक विविधता संरक्षणका क्षेत्रमा भएका आपसी समझदारीलाई अनुमोदन गरेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बुधबार भएको केन्द्रीय मन्त्रिपरिषद्को बैठकले जैविक विविधता संरक्षणको क्षेत्रमा भारत र नेपालबीच आपसी सहयोग प्रवर्द्धन गर्नेसम्बन्धी समझदारीलाई अनुमोदन गरिएको हो । समझदारी अनुमोदन भएसँगै नेपाल र भारतबीच वन, वातावरण, वन्यजन्तु र जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य गर्न बाटो खुलेको छ ।

“प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा भएको केन्द्रीय मन्त्रिपरिषद्ले समन्वय र सहयोगलाई सुदृढ गर्ने उद्देश्यले जैविक विविधता संरक्षणमा नेपाल सरकारसँग एमओयूमा हस्ताक्षर गर्न वातावरण, वन र जलवायु परिवर्तन मन्त्रालयको प्रस्तावलाई अनुमोदन गरेको छ, दुई देशबीच वन, वन्यजन्तु, वातावरण, जैविक विविधता संरक्षण र जलवायु परिवर्तनको क्षेत्रमा करिडोरको पुनःस्थापना र आपसमा जोड्ने क्षेत्रमा ज्ञान एवम् उत्कृष्ट अभ्यास आदानप्रदान गर्नेलगायत सहकार्य हुनेछ,” मन्त्रिपरिषद्द्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *