एमाले सांसद रेशम चौधरीको पार्टीमा 

नेकपा (एमाले)को कैलाली जिल्ला कमिटीका पूर्व अध्यक्ष तथा सुुदुरपश्चिम प्रदेशका सांसद रतन थापा नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेका छन् ।

थापासँगै सुदुरपश्चिम प्रदेशका निवर्तमान सांसद हिमाञ्चलराज भट्टराई, नेताहरु प्रदीप भट्टराई, तेजराम चौधरी, नेपाल समाजवादी पार्टी केन्द्रीय सदस्यहरु राजेन्द्र देवकोटा, राजाराम चौधरी, लक्ष्मीराम चौधरीलगायत रेशम चौधरीको नेतृत्वमा रहेको पार्टीमा प्रवेश गरेका हुन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रम उनीहरुलाई पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले स्वागत गरिन ।

कार्यक्रममा बोल्दै थापाले जनताको भाग्य र भविष्य निर्माण गर्ने आशाले आफूले एमालेमा २२ वर्ष बिताएको भएपनि एमालेले देश र जनताको राम्रो काम गर्न नसकेको गुनासो पोखेका छन् । एमालेकै विभिन्न कारणले पार्टी छाड्न बाध्य भएको सुनाउँदै उनले जनताको सेवा जुनसुकै पार्टीमा बसेर गर्न सकिने उल्लेख गर्दै आफू जनताकै सेवाको लागि नागरिक उन्मुक्ति पार्टी प्रवेश गरेको स्पष्ट पारे ।

उनले एमालेमा धनाढ्य व्यक्ति आए अहिले नै नेता बन्ने र निर्वाचनको टिकट पाइहाल्ने अवस्था रहेको भन्ने आरोप लगाए । आफुले पार्टीमा भ्रष्टाचारीलाई टिकट नदिन सल्लाह दिएको स्मरण गराउँदै उनले आफुलाई उल्टै निश्काषन गर्न खोजिएको गुनासो गरे । उनले भने,‘पार्टीमा भ्रष्टाचारीहरुलाई टिकट नदिनु भनेकोले ममाथि अन्तर्घातको ट्याग लगाइयो ।’ एमालेले अध्यक्ष थापाले स्थानीय तह चुनावमा अन्तर्घात गरेको भन्दै अध्यक्षबाट निष्कासित गरेको थियो ।

आज एमाले परित्याग गरी मन्याल गाउँपालिकाका प्रमुख पुर्णबहादुर साउद, नेपाली कांग्रेस परित्याग गरी सुशीला रावल, लम्कीचुहा नगरपालिकाका पुर्व नगर विकास अध्यक्ष जन्मजय भट्ट, सिरहाका ऋषि साह, वृद्धिजिबी हेमराज भट्टराईलगायत सो पार्टीमा प्रवेश गरेका हुन् । उनले अब आफ्नोपार्टी वैकल्पिक पार्टीको रुपमा अघि बढ्ने भन्दै राष्ट्रिय पार्टीको रुपमा स्थापित हुने पनि दाबी गरे ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर