नेप्से परिसूचकमा झिनो अंकको गिरावट, कारोबार रकम सामान्य बढ्याे

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । बुधबार २१ अंकभन्दा बढीले घटेको नेप्से बिहीबार १.०८ अंक घटेर १९७२.२९ बिन्दुमा झरेको छ ।

त्यस्तै सेन्सेटिभ इण्डेक्स ०.६६ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.१२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२२ अंक बढेको छ ।

बिहीबार कारोबारमा आएका २२५ कम्पनीको ३९ लाख ५५ हजार कित्ता शेयर १ अर्ब ३८ करोड ३४ लाख ६२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबारको भन्दा कारोबार रकम थोरै अंकले बढेको छ । बुधबार १ अर्ब १२ करोड ६२ लाख १८ हजार ८६१ रुपैयाँ बराबरको कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ७ उपसमूहको परिसूचक बढेको छ भने ६ उपसमूहको परिसूचक घटेको छ । जसमा विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत्, जीवन बीमा, लघुवित्त र निर्जीवन बीमा उपसमूहको परिसूचक बढेको छ । बाँकी अन्य समूहको परिसूचक घटेको छ ।

बिहीबार नेप्से ओरालो लागे पनि हिमालयन एभरेष्ट इन्स्योरेन्सको शेयर मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । अपर हेवाखोलाको शेयरमूल्य साढे ६ प्रतिशत बढेको छ ।

तर, राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन र गणपति लघुवित्तको शेयरमूल्य ४ प्रतिशतभन्दा बढी घटेको छ । आज नेपाल टेलिकमको १२ करोड २७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर