भारतबाट बढेर आयो इन्धनको मूल्य

भारतबाट इन्धनकाे मूल्य बढेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले बिहीबार नेपाल आयल निगमलाई डिजेल र पेट्रोलको नयाँ मूल्य पठाएको हाे ।

प्राप्त नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य १ रुपैयाँ ४० पैसा र डिजेलको मूल्य ६ रुपैयाँ १२ पैसाले बढेर आएको छ भने खाना पकाउने ग्याँसको मूल्य भने प्रतिसिलिण्डर १ सय रूपैयाँले घटेर आएको छ । नयाँ मूल्य प्राप्त भए पनि निगमले उपभोक्ता बिक्री मुल्यबारे भने कुनै निर्णय गरेको छैन ।

यसअघि लगातार तीन पटक घटेर मूल्य प्राप्त भए पनि निगमले बिक्री मूल्य घटाएको थिएन । नयाँ बिक्री मूल्यबारे बिहीबार साँझ बस्ने निगम बोर्ड बैठकले निर्णय गर्नसक्ने निगमका एक अधिकारिले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *