सेनानी वसन्तनाथ योगीको नेतृत्वमा १८ जना नेपाली शान्ति सैनिक युनामी मिशन प्रस्थान

सेनानी वसन्तनाथ योगीको नेतृत्वमा १८ जना नोपली शान्ति सैनिकको टोली इराकका लागि संयुक्त राष्ट्र सहायता मिशन (युनामी) प्रस्थान गरेको छ।

मिशनका लागि इराकममा तैनाथ संयुक्त राष्ट्र संघीय गार्ड युनिट युनामी–एक्स (बी)लाई बदली गर्न पहिलो टोली बुधबार सेनानी योगीको नेतृत्वमा मिशन इलाका प्रस्थान गरेको हो। उनीहरू फ्लाइ दुबईको उडानबाट त्यसतर्फ गएका हुन्।

साथै उक्त मिशनमा तैनाथ संयुक्त राष्ट्र संघीय गार्ड युनिट युनामी–एक्स (बी)को पहिलो टोली सहसेनानी अनिल थापाको नेतृत्वको१८ जना नेपाली शान्ति सैनिकको टोली बिहीबार स्वदेश फर्किएको नेपाली सेनाले जनाएको छ।

संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापना कार्यको लागि नेपाली सेनाले विगत लामो समयदेखि संसारका विभिन्न मुलुकहरूमा कार्यरत यूएन मिशनहरूमा खटिई शान्ति स्थापना कार्यमा महत्त्वपुर्ण योगदान दिँदै आएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर