संसद् गठबन्धनका नेताहरूको क्लब र सभामुख त्यसकाे म्यानेजर जस्तो : सांसद डा. विमला राई

राष्ट्रिय सभाकी सांसद डा. िवमला राई पौड्यालले राष्ट्रपतिबाट फिर्ता आएको नागरिकता विधेयक जस्ताको त्यस्तै संसद्बाट पास गर्नु राष्ट्र अध्यक्षलाई अपमान गरेको महसुस भएको बताएकी छन् ।
बिहीबार राष्ट्रिय सभामा पेस भएको नागरिकता विधेयकसम्बन्धी छलफलमा बोल्दै सांसद राईले यस्तो बताएकी हुन् ।

उनले राष्ट्राध्यक्ष विद्यादेवी भण्डारी नभएर संस्था भएकाले सरकारले राष्ट्रपतिको अपमान गरेको आफूले ठानेको बताइन् । उनले राष्ट्र अध्यक्षले विधेयकमा ध्यानाकर्षण गराए नागरिकताका विषयमा अरू धेरै पक्षमा अध्ययन र पुनःविचार गर्ने भनेर विधेयक संसद्मा पठाएपछि केही न केही विधेयकमा संशोधन गर्न सक्नुपर्ने बताइन् ।

सांसद राईले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयक जस्ताको त्यस्तै फिर्ता पठाएर राम्रो नजिर नबसेको बताइन् । उनले यो विषयलाई देशले कसरी हेर्छ मलाई थाहा नभएको भन्दै राष्ट्रपति कुर्सीको अपमान भएको दाबी गरिन् ।

सांंसद राईले राष्ट्रिय सभामा जस्ताको तस्तै पेस भएको नागरिकता विधेयकमा सत्ता गठबन्धनको अहंकार र घमण्ड नै बोलेको बताइन् । उनले विधेयक जस्ताको त्यस्तै पठाउँछु भन्ने घमण्ड दलका नेताहरूको घमण्डले गर्दा संसदहरू पनि त्यही घमण्डमा फसेको बताइन् ।

सांसद राईले राष्ट्रपतिले फिर्ता पठाएको नागरिकता विधेयकको सम्बन्धमा गठबन्धनको निर्णय जस्तै संसद्मा जस्ताको त्यस्तै पेस गर्ने विषयमा संसद् गठबन्धनका नेताहरूको क्लब जस्तो भएको टिप्पणी गरिन् । उनले संसद्का सभामुखहरू क्लबका म्यानेजर जस्तो कुनै छलफल नगर्ने गठबन्धनले जे निर्णय गर्‍याे त्यही हुने गरेको बताइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर