प्रदीप गिरी समाजवादी र दार्शनिक व्यक्तित्व हुनुहुन्थ्यो : देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले स्व. प्रदीप गिरीलाई समाजवादी र दार्शनिक व्यक्तित्वको रूपमा स्मरण गरेका छन् ।

बिहीबार काठमाडौंमा भएको १३ औँ दिनको स्मृति सभालाई सम्बोधन गर्दै उनले नेपाली कांग्रेसका स्व. नेता गिरी भर्सटायल, जिनियस भएको बताएका हुन् ।

प्रधानमन्त्री देउवाले स्व. गिरीमा सबै क्षेत्रको ज्ञान रहेको उल्लेख गर्दै नेपालमा गिरीसरहको बौद्धिक व्यक्तित्व कमै मात्र पाइने बताए । उनले गिरीको निधनले नेपाल र सारा विश्वलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै यसको क्षति पूर्ण गर्न नसकिने बताए ।

उनले स्व. गिरीका लेखहरू पढ्नैपर्ने र लेखहरूमा समाजवादको चिन्तन र समाजवादी आन्दोलनका अनगिन्ति ज्ञान मिल्ने बताए । उनले स्व. गिरीले छोडेर गएका चिन्तनहरूलाई नेपाली कांग्रेसले देशभर पुर्‍याउने बताए ।

प्रधानमन्त्री देउवाले स्व. गिरीले लेखेका पुस्तकहरूलाई पार्टीले देशभरमा पु¥याएर उनका चिन्तनहरू अघि बढाउने बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर