मोरङ–२ बाट मीनेन्द्र रिजाल र सुजाता कोइराला सिफारिस

नेपाली कांंग्रेस मोरङ क्षेत्र नम्बर २ ले प्रतिनिधि सभामा प्रत्यक्ष तर्फको उम्मेदवारका लागि दुई जनाको नाम सिफारिस गरेको छ ।

वर्तमान सांसद डा. मीनेन्द्र रिजाल र केन्द्रीय सदस्य सुजाता कोइरालाको नाम सिफारिस भएको हो । क्षेत्र नम्बर २ का सभापति नागेश्वर सिंहका अनुसार सर्वसम्मत नभएपछि दुई जना आकांक्षीको नाम सिफारिस गरेको हो ।

मीनेन्द्र २०७४ सालको निर्वाचनमा बाम गठबन्धन उम्मेदवार ऋषिकेश पोखरेललाई पराजित गर्दै संसद निर्वाचित भएका थिए । उनी पुनः टिकटको दाबेदार हुन् ।

सुजाता भने बुबा गिरिजाप्रसाख कोइरालाले चुनाव लडेको क्षेत्रबाट आफू उम्मेदवार बन्ने बताउँदै आएकी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर