अफगानिस्तान पठाइदिने भन्दै ठगी गरेको अभियाेगमा म्यानपावर सञ्चालक पक्राउ

अफगानिस्तान पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा म्यानपावर सञ्चालक पक्राउ परेका छन् । चितवनको भरतपुर महानगरपालिका–२१ गीतानगर घर भई काठमाडौं बसुन्धरा बस्ने राप्ती प्लेसमेन्ट सर्भिस प्रालिका सञ्चालक रविन अधिकारी भन्ने ३९ वर्षीय रवीन्द्र अधिकारीलाई प्रहरीले बिहीबार पक्राउ गरेको हो ।

उनले मासिक १ लाख रुपैयाँभन्दा बढी तलब हुनेगरी अफगानिस्तानमा सेक्युरिटी गार्डको काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट ८ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । रकम लिएपछि सम्पर्कविहीन उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३ वसुन्धराबाट पक्राउ गरेकाे कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद काेइरालाले जानकारी दिए ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग, बुद्धनगर पठाइएको काेइरालाले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *