प्रभु बैंकका झण्डै ११ सय कर्मचारीको बढुवा रद्द

प्रभु बैंकले एक महिनाअघि बढुवा गरेका १ हजार ६९ जना कर्मचारीको बढुवा रद्द भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार उक्त बढुवा रद्द गर्ने निर्णय गरेको हो ।

सेन्चुरी बैंकसँग मर्जरमा जाने प्रक्रियामा रहेको प्रभु बैंकले करिब महिनाअघि एकैपटक ठूलो संख्यामा कर्मचारीको बढुवा गरेको थियो । बढुवाविरुद्ध सेन्चुरी बैंकले नेपाल राष्ट्र बैंकमा उजुरी दर्ता गरेको थियो । बढुवाविरुद्ध प्रक्रिया नमिलेको भन्दै प्रभु बैंककै कर्मचारीसमेत आन्दोलित बनेका थिए ।

बढुुवा हुने कर्मचारीमा उच्च व्यवस्थापन अर्थात् कार्यकारी तहमा दिनेश थकाली र रेणुप्रसाद पाण्डेसहित थिए । सहायक महाप्रबन्धक रहेका थकालीलाई एक तह बढुवा गरी नायब महाप्रबन्धक बनाइएको थियो । त्यस्तै यसअघि चिफ म्यानेजर रहेका रेणु पाण्डेलाई सहायक महाप्रबन्धक र सिनियर म्यानेजर रहेकी रश्मी पन्तलाई चिफ म्यानेजरमा बढुवा गरिएको थियो ।

त्यस्तै एक दर्जन सिनियर म्यानेजर तहका कर्मचारीलाई चिफ म्यानेजरमा बढुवा गरिएको थियो । बैंकमा ती हजारभन्दा बढी कर्मचारी छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर