कक्षा १२ को नतिजा प्रकाशित, यसरी हेर्न सकिन्छ नतिजा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित गरेको छ। ग्रेडिङ पद्धतिअनुसार नतिजा प्रकाशित गरिएको हो।

आज अपरान्ह बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को नतिजा प्रकाशन गर्ने निर्णय गरेको बोर्डका अध्यक्ष महाश्रम शर्माले बताए।

बोर्डले गत जेठ १६ देखि २५ गतेसम्म परीक्षा सञ्चालन गरेको थियो। यसपालि चार लाख १० हजार विद्यार्थीले परीक्षा दिएका थिए।

यसरी हेर्नुहोस् नतिजा

विभिन्न Website, SMS Service र IVR Service बाट प्राप्त गर्न सकिनेछ :

१. राष्ट्रिय परीक्षा बोर्डको website: www.neb.gov.np

२. नेपाल टेलिकमको website : www.neb.ntc.net.np

SMS सेवा :

१. नेपाल टेलिकमको १६०० मा SMS गर्ने तरिका : NEB Symbol No. टाइप गरी १६०० मा SMS गर्ने ।

IVR सेवा :

१. नेपाल टेलिकमको १६०१ नम्बरमा डायल गरी प्राप्त निर्देशानुसार नतिजा प्राप्त गर्न सकिने छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर