कांग्रेस सचेतक मीन विश्वकर्मा सुनसरी–१ बाट उम्मेदवार सिफारिस

नेपाली कांग्रेस संसदीय दलका सचेतक मीनबहादुर विश्वकर्मा सुनसरी क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार सिफारिस भएका छन् ।

नेपाली कांग्रेस सुनसरी क्षेत्र नं. १ का सभापति सुजेन्द्र तामाङको अध्यक्षतामा बसेको बैठकले सुनसरी क्षेत्र नं. १ वाट विश्वकर्मासहित पाँच जनालाई प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार सिफारिस गरेको हो । यसरी उम्मेदवार सिफारिस हुनेमा विश्वकर्मासहित लक्ष्मी खतिवडा, मीना सुब्बा, उमेश थापा र चन्द्रप्रसाद श्रेष्ठ छन् ।

प्रतिनिधि सभा सदस्यको समानुपातिकतर्फको उम्मेदवारका लागि प्रा.डा. गोविन्द बहादुर तुम्वाहाङ, विनोद कुमार राई, भीष्म काफ्ले, डा.आनन्द प्रसाद आचार्य, मिना पुलामी, गणेश परियार, गोविन्द दर्नाल, गणेश सुब्बा, चित्रकुमारी राई, महेन्द्र प्रधान, भोजकुमार न्यौपाने, पूर्ण सुवेदी, प्रेम पौडेल, पूर्णबहादुर राई, निर्मला गुरुङ, मनिता घिमिरे र कोपिला भट्टराईको नाम सिफारिस भएको छ ।

क्षेत्रीय सचिव एवम् प्रवक्ता केशव पुरीका अनुसार प्रदेश सभा सुनसरी–१ (१) बाट प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवारका लागि सुजेन्द्र तामाङ र अनिल श्रेष्ठको नाम सिफारिस गरिएको छ । समानुपातिक उम्मेदवारका लागि चन्द्रशेखर लामा, अनिल श्रेष्ठ, सन्दीप श्रेष्ठ, रवि राई, किशोर राई, पदमसुन्दर लिम्बु, अशोक अविरल राई, कृष्णकला मादेन, झुमादेवी राई, कुसुम लता ओली, शिला बज्राचार्य, निर्मला शर्मा (नेपाल), श्यामा रेग्मी, विश्वराज शर्मा, मदन ढकाल, विनोद घिमिरे, युवराज शङ्कर, राजेन्द्र साह, जयप्रकाश शर्मा र सचित शर्मा (झा) को नाम सिफारिस गरिएको छ ।

त्यसैगरी प्रदेश सभा सुनसरी–१(२) बाट प्रदेश सभा सदस्यको प्रत्यक्षतर्फका उम्मेदवारका लागि माधव घिसिङ, तिलक राई, जगतबहादुर कार्की, रोहित सुब्बा, अजय राई, रमेश काफ्ले, सुरेन राई, काशीराम चौधरी, नारद राई, केशव पुरी र हिमाल राई(महिला) को नाम सिफारिस गरिएको छ । प्रदेश सभा सदस्यको समानुपातिक उम्मेदवारका लागि सन्तोष वि.क., मञ्जु राई, बुद्धि कटुवाल, ममता तामाङ, गोविन्दबहादुर बस्नेत, पूजा धामी, विजया कटुवाल, रोजन रनपहेली, उर्मिला प्रधान र सुमित राईको नाम सिफारिसमा परेका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर