कुन कुन हो एमालेले जित्ने दाबी गरेको ३८ क्षेत्र ?

पाँच दलीय सत्तारुढ गठबन्धनको कारण राष्ट्रिय राजनीतिबाट एक्लिएको संसदको सबैभन्दा ठूलो दल नेकपा एमालेको आन्तरिक मूल्याकंनमा प्रत्यक्षतर्फ ३८ वटा निर्वाचन क्षेत्र जित्ने देखाएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले १ सय ५० वटा सीट जितेर सबैलाई आश्चर्यमा पार्ने घोषणा गरेपनि पाँच दलीय गठबन्धन हुँदा ३८ वटा क्षेत्र जित्ने आँकडा निकालेको हो ।

२०७४ सालको चुनावमा एमालेले प्रत्यक्षतर्फ ८० स्थानमा विजयी भएको थियो । त्यस समयमा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनाव गठबन्धन भएको थियो ।
गत बैशाख ३० गतेभ एको स्थानीय तह चुनावमा वडाध्यक्षहरुको मतलाई आधारमा गणना गर्दा पाँच दलीय गठबन्धन एकै स्थानमा हुँदा प्रत्यक्षतर्फ ९ स्थान मात्रै जित्ने आधार देखिन्छ ।
एमालेले स्थानीय चुनाव र राष्ट्रिय चुनाव फरक मुद्दामा लड्ने र गठबन्धनभित्र सीटको बाँडफाँटमा हुने छिनाझप्टीले फाइदा पुग्ने अनुमान गरेको छ ।
यी हुन् एमालेले जित निश्चित दाबी गरेका ३८ क्षेत्र
ताप्लेजुङ, इलाम १ र इलाम २, धनकुटा, तेह्रथुम, उदयपुर २, सुनसरी १ र सुनसरी ३, झापा १, झापा २, झापा ४ र झापा ५, काभ्रेपलाञ्चोक २ रहेको छ । त्यसैगरी चितवन १ र चितवन २, काठमाडौं २, काठमाडौं ४, काठमाडौं ५ र काठमाडौं ९, लम्जुङ, मनाङ, मुस्ताङ, पर्वतमा एमालेले सुरक्षित देखेको छ ।
बाग्लुङ १ र बाग्लुङ २, नवलपरासी (पूर्व) २, कास्की २ र कास्की ३, अर्घाखाँची, प्युठान, गुल्मी १ र गुल्मी २, पाल्पा १ र पाल्पा २, दाङ २, बझाङ, बाजुरा र दार्चुलामा पनि आफ्ना उमेदवार विजयी हुने एमालेको दाबी छ ।

यसरी दावी गरिएको मध्य २०७४ सालको सुनसरी ३ बाट कांग्रेसका विजयकुमार गच्छेदारले जितेको क्षेत्र हो भने काठमाडौं ४ कांग्रेसका महामन्त्री गगन थापाले जितेका थिए । एमालेबाट विजयी भएका इलाम १ का झलनाथ खनाल, तेह्रथुमबाट जितेका भवानीप्रसाद खापुङ र पाल्पा २ बाट सोमप्रसाद पाण्डे अहिले नेकपा एकीकृत समाजवादीमा रहेका छन् । एमालेले दावी गरेको मध्ये  माओवादीमा उम्मेदवाहरु सुरेश किराँती उदयपुर २,  लम्जुङबाट देव गुरुङ, देवेन्द्र पौडेल बाग्लुङ २, दाङ २ बाट कृष्णबहादुर महरा विजयी भएका थिए । त्यसैगरी प्युठानबाट राष्ट्रिय जनमोर्चाकी दुर्गा पौडेल विजयी भएकी थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर