गृहमन्त्री खाण र भारतीय राजदूत श्रीवास्तवले गरे रूपन्देहीमा विद्यालय भवन उद्घाटन

भारत सरकारको अनुदान सहयोगमा रूपन्देहीको रोहिणी गाउँपालिका धकधईमा अवस्थित रामनरेश यादव आदर्श माध्यमिक विद्यालयका लागि निर्माण गरिएको विद्यालय तथा प्रयोगशाला भवन उद्घाटन गरिएको छ । शनिबार गृहमन्त्री बालकृष्ण खाण र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले ती परियोजनाको संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।

भारत–नेपाल विकास सहकार्य कार्यक्रमअन्तर्गत भारत सरकारको २ करोड ९० लाखको लागतमा सामुदायिक विकास परियोजनाको रूपमा उक्त विद्यालय भवन निर्माण भएको हो ।

यो परियोजना भारत स्वतन्त्र भएको ७५ वर्षको उत्सव मनाउन भारत सरकारले अघि सारेको अमृत महोत्सवअन्तर्गत यस वर्ष नेपालमा उद्घाटन गरिने ७५ परियोजनाहरूमध्येको एक रहेको काठमाडौंस्थित भारतीय राजदूतावासले जनाएको छ ।

सन् २००३ यता भारतले नेपालमा ५२७ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजनाहरू अघि बढाइसकेकोमा स्वास्थ्य, शिक्षा, खानेपानी, कनेक्टिभिटी, सरसफाइ र अन्य सार्वजनिक सुविधाका क्षेत्रमा नेपालका सातै वटा प्रदेशमा ४७५ वटा परियोजना सम्पन्न भइसकेका छन् । तीमध्ये रूपन्देही जिल्लाका १२ गरी लुम्बिनी प्रदेशमा ६० वटा रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर