खोटाङका दुवै प्रदेश निर्वाचन क्षेत्रबाट कांग्रेसका उम्मेदवार सिफारिस

नेपाली कांग्रेस खोटाङले मंसिर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनका लागि दुवै निर्वाचन क्षेत्रबाट उम्मेदवार सिफारिस गरेको छ। कांग्रेसको दुवै क्षेत्रीय समितिले आंकाक्षीहरूको नाम जिल्ला समितिमा सिफारिस गरेको हो।

कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशीका अनुसार प्रदेश सभा (क)बाट प्रत्यक्षतर्फ ८ जना र समानुपातिकतर्फ ७ जनाको नाम सिफारिस भएको छ।

यस्तै प्रदेश सभा (ख)बाट प्रत्यक्षतर्फ ६ जना र समानुपातिकतर्फ १२ जनाको नाम सिफारिस भएको सचिव जोशीले जानकारी दिए।

प्रदेश सभा (क)बाट प्रत्यक्षतर्फ नरेशकुमार श्रेष्ठ, जितेन्द्रसिं ठकुरी, वीरकाजी राई, विश्वनाथ निरौला, धर्मराज पोखरेल, मनोज तिम्सिना, इवन राई र गोपाल सैंजु सिफारिस भएका छन्। यस्तै समानुपातिकतर्फ रोजन राई, दुरेन्द्रकुमार राई, पेशलकुमार राई, राजनशेर राई, हिराबहादुर निरौला, डिल्लीकुमारी आचार्य र देवी राईको नाम सिफारिस भएको छ।

प्रदेश सभा (ख)बाट प्रत्यक्षतर्फ विष्णुकुमार राई, लोकेन्द्र राई, सुमनबाबु आचार्य, कृष्णप्रसाद भट्टराई, शम्भु कार्की र पूर्णबहादुर खड्का उम्मेदवार सिफारिस भएका छन्। यस्तै समानुपातिकतर्फ हरमान राई, कमला राई, इच्छुराम राना, निर्मला ढकाल, वसन्त राई, दीपराज राई, प्रतीक्षा राई, कान्ता केसी बस्नेत, धुव्रकला राई, सपना राई, निर्मला राई र राजु ढकालको नाम सिफारिस भएको छ।

जिल्ला समितिले आफ्नो राय लेखेर आकांक्षीहरूको नाम प्रदेश समितिमा पठाउने छ।

कांग्रेस खोटाङले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि भने उम्मेदवार सिफारिस गर्न बाँकी छ।

प्रतिनिधि सभातर्फ एक निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ दुई निर्वाचन क्षेत्र रहेको खोटाङमा ०७४ को निर्वाचनमा एमाले-माओवादी वाम गठबन्धन हुँदा कांग्रेसले तीनवटै सिट गुमाएको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर