स्रोत नखुलेको साढे ३९ लाखसहित काठमाडौंबाट एक जना पक्राउ

स्रोत नखुलेको ३९ लाख ५० हजार ५०० रुपैयाँसहित काठमाडौंबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासीको बर्दघाट नगरपालिका वडा नं. ६ बस्ने २२ वर्षका टीकाराम भट्टराई छन् ।

उनलाई काठमाडाैंको चन्द्रागिरी नगरपालिका– २ नागढुङ्गास्थित चेकप्वाइन्टमा ड्युटीमा खटिएको प्रहरीले शुक्रबार दिउँसो साढे १२ पक्राउ गरेको हो । धादिङबाट काठमाडौं आउँदै गरेको ना. ४ ख. ९६७४ नम्बरको बसको ग्यालरीमा सवार भट्टराईले बोकेको हरियो रङको आर्मी कम्ब्याट खालको झोलामा उक्त रकम फेला परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो।

बरामद रकमको उनले स्रोत खुलाउन नसेकेको प्रहरीले जनाएको छ । प्रहरीले उनको साथबाट १ थान मोबाइल पनि बरामद गरेको छ । पक्राउ परेका उनीमाथि प्रहरी वृत्त थानकोटले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *