सशस्त्रद्वारा नक्कली नोट बनाउने कागजको बण्डलसहित एक जना पक्राउ

सशस्त्र प्रहरी बलले नक्कली नोट बनाउने कागजको बण्डलसहित एक जनालाई सर्लाहीमा पक्राउ गरेको छ । बलको बहादुरपुर सीमा सुरक्षा कार्यालयले शुक्रबार राति नुवाकोटको ककनीका हिरामान लामालाई पक्राउ गरेको हो । ३२ वर्षियका लामा हाल काठमाडौं महानगरपालिका वडा २६ मा बस्दै आएका छन् । 

‘सशस्त्र प्रहरी बल नेपाल बिओपी बहादुरपुरले ६९ वटा बण्डलमा रहेको ६ हजार ९ सय वटा नक्कली नोट बनाउने सादा कागजसहित उनलाई सर्लाही जिल्लाको गोडैता नगरपालिका ३ सिमरा भगवतीपुरबाट भाद्र १७ गते राति नियन्त्रणमा लिएको हो’ सशस्त्र प्रहरीले भनेको छ । 

लामाको साथबाट १७ हजार तथा कार्टुनभित्र ४० हजार नेपाली रुपैयाँ समेत सशस्त्र प्रहरीले फेला पारेको छ । लामालाई आवश्यक कारवाहीका लागि शनिबार इलाका प्रहरी कार्यालय गडहियामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ । 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर