अमेरिकाले ताइवानलाई १.१ अर्ब अमेरिकी डलरको हतियार बेच्ने

चीनसँग तनाव बढ्दै गर्दा अमेरिकाले १ अर्ब १० करोड अमेरिकी डलर बराबरको हतियार ताईवानलाई बेच्ने घोषणा गरेको छ । यस्तो हतियारमा ३५ करोाड ५० लाख अमेरिकी डलरको आकाशबाट समुद्रमा प्रहार गर्ने हर्नपून क्षेप्यास्त्र  र ८ करोड ५० लाख अमेरिकी डलरको आकाशबाट आकाशमा प्रहार गर्ने क्षेप्यास्त्रसहितको हतियार रहेको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ। 

अमेरिकाले बेच्नेको हतियारमा ठूलो हिस्सा ताइवानको सर्भिलेन्स राडर कार्यक्रमको बन्दोबस्ती सहयोगका लागि आवश्यक पर्ने  सामग्रीहरु रहेका छन् । जसको मूल्य ६५ करोड ५० लाख अमेरिकी डलर बताइएको छ । ताइवानको नजिकै चीनले युद्ध अभ्यासलाई तीव्रता पारेपछि हवाई प्रतिरक्षाको अग्रिम चेतावनी दिने प्रणाली महत्वपूर्ण ताइपेइका लागि महत्व बन्न पुगेको छ । 

अमेरिकी विदेश मन्त्रालयले ती उपकरण र हतियारहरु ताइवानको ‘आत्मरक्षा क्षमतालाई पर्याप्त बनाइ राख्न’ आवश्यक रहेको जनाएको छ । 

उता चीनले भने ताइवानलाई हतियार बेच्ने अमेरिकी निर्णयले दुवै देशको सम्बन्ध र ताइवान स्ट्रेटमा शान्ति तथा स्थायीत्वलाई गम्भीर रुपमा असर पार्ने चेतावनी दिएको छ । अमेरिकास्थित चिनियाँ दूतावासका प्रवक्ता लिउ पेङयुले अमेरिकी निर्णयलाई उचित जवाफ दिने बताएका छन् । 

अगस्टको सुरुमा अमेरिकाको तल्लो संसदको सभामुख न्यान्सी पेलोसीले ताइवानको भ्रमण गरेपछि दुवै देशबीच आरोप प्रत्यारोपको चर्किएको छ । पेलोसीको भ्रमण सकिने वित्तिकै चीनले ताइवान द्वीपलाई घेरा हालेर युद्ध अभ्यास गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर