भारत विश्वको पाँचौ ठूलो अर्थतन्त्र

भारत विश्वको पाँचौ ठूलो अर्थतन्त्र बनेको छ ।

ब्लुमबर्ग पत्रिकाका अनुसार मार्च महिनाको अन्त्यमै बेलायतलाई पछि पार्दै भारत पाँचौ स्थानमा उक्लिएको हो ।

अन्तर्राष्ट्रिय मुद्रा कोषको तथ्यांक र ऐतिहासिक बिनियम दरलाई प्रयोग गरेर गरेको गणनाको आधारमा ब्लुमबर्गले भारत पाँचौ अर्थतन्त्र बनेको निष्कर्षमा पुगेको हो । बेलायत भने आर्थिक संकटको सामना गरिरहेको छ अर्थतन्त्र मन्दीको संघारमा पुगेको बताइएको छ ।

‘सम्बन्धित त्रैमासिकको अन्तिम दिन डलरको विनिमय दर र समायोजित आधारमा भारतको अर्थतन्त्र ‘नोमिनल’ मुद्रा आधारमा ८ खर्ब ५४ अर्ब ७० करोड अमेरिकी डलर पुगेको छ भने जबकी बेलायतको ८ खर्ब १६ करोड मात्रै छ’ ब्लुमबर्गले भनेको छ ।

ब्लुमबर्गको पूर्वानूमान अनुसार भारतको तीव्र गतिको अर्थतन्त्रको कारण केही वर्षभित्र दुवै देशबीचको अर्थतन्त्रमा ठूलै अन्तर हुने छ । भारतभन्दा अघि अमेरिका, चीन, जापान र जर्मनी रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर