जापान पठाइदिने भन्दै ठगी गरेको अभियोगमा महिला पक्राउ

जापानमा आकर्षक रोजगारीमा लगाइदिने प्रलोभनमा पारेर ठगी गरेको अभियोगमा एक जना महिला पक्राउ परेकी छन् ।

जापान पठाइदिन्छु भनी रकम ठगी गरेको अभियोगमा मोरङको रतुवामाई नगरपालिका–९ घर भई हाल ललितपुर बालकुमारी बस्ने ३८ वर्षीया मिना सुब्बालाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।

उनले जापानको प्रतिष्ठित होटलमा मासिक ३ लाख रुपैयाँसम्म तलब हुनेगरी काममा लगाइदिने प्रलोभनमा पारी पीडितबाट १३ लाख रुपैयाँ ठगी गरेको प्रहरीले जनाएको छ । रकम लिएपछि सम्पर्कविहीन भएकी मिनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–३१ सुविधानगरबाट पक्राउ गरेको हो ।

उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *