मापसे गरेर मोटरसाइकल चलाउने विद्यार्थीलाई ट्राफिक प्रहरीले गर्‍याे कारबाही

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउने एक जना विद्यार्थीलाई कारबाही गरेको छ । कारबाहीमा पर्नेमा नयाँबानेश्वको चेल्सी इन्टरनेशनल एकेडेमीमा प्लस टु पढ्दै गरेका २१ वर्षीय विद्यार्थी छन् ।

स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङका क्रममा सोमबार बिहान दरबारमार्गमा बागमती प्रदेश ०२–०२३प ७३ ८६ नम्बरको मोटरसाइकल चलाएका ती विद्यार्थीले मदिरा सेवन गरेको पाइएपछि उनलाई कारबाही गरिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।

उनीसहित ट्राफिक नियम उल्लंघन गर्ने अन्य ५० जना विद्यार्थी कारबाहीमा परेका छन् । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज बिहान गरिएको चेकिङमा सवारी चालक अनुमतिपत्र प्राप्त नगरेका २८ जना, कागजपत्र साथमा नभएका २१ जना, तीन जना सवार १ जना र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने १ जना गरी ५१ जना विद्यार्थी चालकलाई कारबाही गरिएको एसएसपी भट्टले बताए ।

साउन ३० गतेबाट सुरु भएको स्कुल–कलेजका विद्यार्थी सुरक्षा लक्षित चेकिङ अभियानमा हाल सम्म १ हजार ८२ जना विद्यार्थी चालकलाई ट्राफिक प्रहरीले विभिन्न कसुरमा कारबाही गरिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *