पर्यटनमन्त्रीलाई लाइनमा बस्न आग्रह गर्दा थुनामा परेका सुरक्षा गार्डलाई रिहा गर्न गृहमन्त्रीको निर्देशन

गृहमन्त्री बालकृष्ण खाणले प्रहरी हिरासतमा रहेका गरुड सेक्युरिटिजका सुरक्षा गार्ड शेरजंग गुरुङलाई रिहा गर्न निर्देशन दिएका छन् ।
गृहमन्त्री खाणले सोमबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजाललाई प्रक्रिया पुर्‍याएर सुरक्षा गार्ड गुरुङलाई रिहा गर्न निर्देशन दिएका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठलाई दुव्र्यवहार गरेको आरोपमा ठमेलस्थित छाया सेन्टरमा रहेको भीएफएसका सुरक्षा गार्ड गुरुङलाई प्रहरीले आइतबारबाट हिरासतमा राखेको छ ।

भीएसएफमा बायोमेट्रिक्सका लागि पुगेका मन्त्री श्रेष्ठलाई गुरुङले लाइनमा बस्न भनेपछि विवाद भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर