डा. रामशरण थपलिया काठमाडौं–७ बाट उम्मेदवार सिफारिस

सत्तारूढ दल नेपाली कांग्रेसले काठमाडौं–७ मा डा. रामशरण थपलियाको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा क्षेत्र नं ७ को प्रत्यक्ष उम्मेदवारतर्फ डा. थपलियाको नाम सिफारिस गरिएको हो ।

कांग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहेका थपलियासहित विनोद पन्त, दयाराम पाण्डे, दक्ष पौडेल, नीलकाजी शाक्य, प्रमोदहरि गुरागाईं, सरोज थापा, सुशील भट्ट र प्रमिलासिंह डंगोलको पनि नाम सिफारिस भएको छ ।

उनको पुर्ख्याैली घर धादिङ हो । यसअघि थपलियासँग पर्यटन क्षेत्र निकट धेरै संघ–संस्थामा रहेर काम गरिसकेको अनुभव छ । नेपाल उद्योग वाणिज्य संघको समेत केन्द्रीय सदस्य रहेका थपलिया संस्थापन इतर समूह निकट मानिन्छन् ।

वरिष्ठ पर्यटन व्यवसायी थपलियाले त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि (पीएचडी) गरेका छन् । थपलियाले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रअन्तर्गत ‘लोकतन्त्र निर्माणमा राजनीतिक दलहरू’ विषयमा पीएचडी गरेका हुन् ।

यस्तै नेकपा एमालेबाट रघुजी पन्त, विद्यासुन्दर शाक्य, इन्दिरा पन्त, बिपी ढकाल र श्याम घिमिरेको नाम सिफारिस भएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रबाट मुक्ति प्रधान र रामबाबु फुँयाल दाबेदारी रहेका छन् । यद्यपी उनीहरुको नाम सिफारिस भइसकेको छैन ।

त्यसैगरी एकीकृत समाजवादीबाट वसन्त मानन्धरको नाम सिफारिस भएको छ भने जनता समाजवादी पार्टी (जसपा) बाट राजेन्द्र श्रेष्ठ, स्वतन्त्रबाट यादवलाल कायस्थ, रवीन्द्रकुमार श्रेष्ठ र सुर्य सिलाकारको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर