जिल्ला प्रहरी कार्यालय बाँके सरकारबाट सम्मानित

सरकारले जिल्ला प्रहरी कार्यालय बाँकेलाई सम्मान गरेको छ । सोमबार मानव बेचबिखन तथा ओसारपसारविरुद्धको सोह्रौं राष्ट्रिय दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सो कार्यालयलाई सम्मान गरेको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले दिवसका अवसरमा आयोजित एक कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीलाई सम्मानपत्र प्रदान गरेकी हुन् ।

मानव बेचबिखन तथा ओसारपसार रोकथाम, नियन्त्रण र अनुसन्धानको क्षेत्रमा पीडित तथा प्रभावितहरूको उद्धार र न्यायमा पहुँच पुर्‍याएको महत्त्वपूर्ण योगदानको कदरस्वरूप कार्यालयलाई सम्मान गरिएको मन्त्री रेग्मीले बताइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर