राजेन्द्र महतो धनुषा–३ बाट एकल उम्मेदवार सिफारिस

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले धनुषा क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोको नाम सिफारिस गरेको छ ।

लोसपा धनुषा क्षेत्र नम्बर ३ को साेमबार सम्पन्न बैठकले महतोको नाम प्रतिनिधि सभा निर्वाचनका लागि सिफारिस गर्ने निर्णय गरेको पार्टीको धनुषा अध्यक्ष परमेश्वर साहले जानकारी दिए । बैठकले सर्वसम्मतबाट महतोको एकल नाम सिफारिस गरेको अध्यक्ष साहले बताए ।

वि.सं. २०७४ को प्रतिनिधि सभा निर्वाचनमा महतो यही क्षेत्रबाट निर्वाचित भएका थिए । नेकपा (एमाले) ले सो क्षेत्रबाट जुलीकुमारी महतोको नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर