महेश बस्नेत भक्तपुर क्षेत्र नं २ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा भक्तपुर क्षेत्र नं २ को प्रतिनिधि सभा सदस्यका लागि नेकपा (एमाले) भक्तपुर जिल्ला कमिटीले एमाले पोलिटब्यूरो सदस्य महेश बस्नेतको नाम सर्वसम्मत सिफारिस गरेको छ ।

प्रतिनिधि सभा सदस्य बस्नेत आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्वसम्मत सिफारिस भएकाे एमाले भक्तपुर जिल्ला अध्यक्ष वचन देउजाले जानकारी दिए ।

उम्मेदवारका लागि बस्नेत र नेता निर्मल भट्टराईले पार्टी कार्यालयमा आवेदन दिए पनि साेमबार बसेको जिल्ला कमिटी बैठकको सिङ्गो हलले नेता बस्नेतको विकल्पमा एमालेमा अर्को उम्मेदवार हुनै नसक्ने भन्दै सर्वसम्मत रूपमा बस्नेतको नाम पारित गरेको बैठकमा सहभागी नेताहरूले जानकारी दिए ।

नेता बस्नेतले ०७४ को निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार दमननाथ ढुङ्गानालाई पराजित गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर