चीनमा शक्तिशाली भूकम्प, ४६ जनाको मृत्यु

चीनको सिचुवान प्रान्तमा गएको ६.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परि कम्तीमा ४६ जनाको मृत्यु भएको छ ।

सिचुवान प्रान्तमा स्थानीय समयअनुसार सोमबार दिउँसो १ बजे भूकम्प गएको थियो । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहभन्दा १० किलोमिटर तल रहेको बताइएको छ ।

भूकम्पको कारण दुरसञ्चार लाइन नराम्रोसँग प्रभावित भएको छ भने पहाडी क्षेत्रमा भुक्षयले गम्भीर क्षति पुर्‍याएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् । कोभिड महामारी नियन्त्रणका लागि जारी गरिएको लकडाउनको कारण सिचुवान प्रान्तको राजधानी छेन्दुमा २ करोड १० लाख मानिस घरमै रहेको समयमा भूकम्प गएको हो ।

भूकम्पको केन्द्रबिन्दु छेन्दुबाट २ सय २६ किलोमिटर दक्षिण पश्चिममा अवस्थित दुर्गम पहाडी नगर लुदिङमा भएको बताइएको छ ।

सरकारी टिभी सीसीटीभीले यान शहरमा १७ र त्यो नजिकैको गन्जी प्रेफेक्चरमा २९ जनाको मृत्युभएको जनाएको छ । ‘थप १६ जना वेपत्ता रहेका छन र ५० जना घाइते भएका छन्’ सीसीटीभीले भनेको छ ।

छेन्दु र त्यसको नजिकै रहेको ठूलो शहर चोङचिङको भवनहरुमा भूकम्पको धक्का महसुश गरिएको थियो । भकम्पको कारण १० हजार घर रहेको क्षेत्रको सडक र सञ्चार सम्पर्क टुटेको बताइएको छ । भूकम्पको केही स्थानको विद्युत केन्द्र पनि बन्द भएको सीसीटीभीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर