रुसले नाकाबन्दी नहटाउन्जेल युरोपलाई पूर्ण परिमाणमा ग्याँस नदिने

रुसले पश्चिम राष्ट्रहरुले आफूमाथि लगाएको नाकाबन्दी नहटाएसम्म पूर्ण परिमाणमा ग्याँस आपूर्ति सुरु नगर्ने जनाएको छ ।

रुसले चालेको यो कदमपछि अन्तर्राष्ट्रिय बजारमा उर्जाको मूल्य आकासिएको छ । रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले जर्मनी र बेलायतसहितका पश्चिमा देशहरुले लगाएको नाकाबन्दीको कारण युरोपमा ग्याँस पठाउने पाइपलाइन पूर्ण परिमाणमा बढाउन नसक्ने अवस्थामा सिर्जना भएको बताए ।

पेस्कोभले ‘नर्ड स्ट्रिम वान’ पाइपलाइनबाट ग्याँसको पूर्ण रुपमा आपूर्ति हुने विषय मस्कोविरुद्ध पश्चिमा राष्ट्रहरुले लगाएको नाकाबन्दी कहिले हटाउँछन् त्यसमा भर पर्ने बताए । ‘पश्चिमा राष्ट्रहरुको लगाएको नाकाबन्दीको कारण यस्तो परिस्थिति उत्पन्न भएको हो’ उनले भने।

पेस्कोभकाे यस्तो धारणा रुसले युरोपेली संघले युक्रेनमाथि गरिएको आक्रमणविरुद्ध मस्कोमाथि लगाएको नाकाबन्दी खाेले मात्रै पूर्ण रुपमा ग्याँस आपूर्ति सुरु गर्ने स्पष्ट रुपमा पहिलो पटक भनेको हो ।

यसअघि प्रमुख ग्याँस उत्पादक कम्पनी ग्याजप्रोमले पाइपलाइनको टर्बाइनमा आएको समस्याले अनिश्चितकालका लागि ग्याँस आपूर्ति रोकिएको जनाएको थियो ।

ग्याजप्रोमले नाकाबन्दीको कारण आपूर्तिमा अवरोध आएको जनाएको छ । नाकाबन्दीको कारण पाइपलाइन बनाउने कम्पनीमा सिमेन्सले राम्रोसँग टर्बाइनहरुको मर्मत गर्न नसकेको ग्याजप्रोमले जनाएको छ ।

युरोपेली संघले ग्याजप्रोमको दावीलाई अस्वीकार गरेको छ र ग्याँस निर्यातलाई पुटिनले हतियारको रुपमा प्रयोग गरेको आरोप लगाएको छ ।

‘नर्ड स्ट्रिम वान’ रुसले युरोपलाई ग्याँस आपूर्ति गर्ने सबैभन्दा ठूलो पाइपलाइन हो । यसको क्षमता एक वर्षमा ५५ अर्ब घनमिटर ग्याँस डेलिभरी गर्न सक्छ । उर्जा संकट समाधान गर्नका लागि यो पाइपलाइनबाट निरन्तर ग्याँस आपूर्ति हुन आवश्यक हुन्छ ।

रुसबाट कमै मात्रामा ग्याँस युरोपमा आपूर्ति हुँदा उत्पन्न भएको उर्जा संकटलाई युक्रेनको समर्थनमा गरेको नाकाबन्दीको सबैभन्दा ठूलो परिक्षा हुने बताउँदै आएको छ ।

युक्रेनमा सैन्य कारवाहीको उद्देश्य प्राप्त गर्न असफल भएपछि क्रमेलिनले हिउँदमा उर्जाको कीर्तिमानी बनाउने संभावित खाद्यान्न संकटबाट युक्रेनलाई आफ्नो सर्तहरुको युद्ध विराम गर्न लगाउने योजना रहेको विश्लेषकहरुले बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर