‘टिकटक’ बनाउने बहानामा मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

टिकटक भिडियाे बनाउने बहाना बनाइ मोटरसाइकल चोरी गरेको अभियोगमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१० ठेगाना भएका ३२ वर्षीय रामचन्द्र रावल, सोही ठाउँका१८ वर्षीय किशोर र सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका–४ टाकुरे ठेगाना भएका ३२ वर्षीय पुस्कर काफ्ले छन् ।

काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले मोटरसाइकल चोरी गर्ने, पार्टपुर्जा बिक्री वितरण गर्ने र चोरीको सामान किन्ने कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

उनीहरूले मोटरसाइकल चालकसँग चिनजान गरी सम्बन्ध बनाउने र टिकटक बनाउने भन्दै मोटरसाइकल मागेर फरार हुने गरेको, चोरी गरी ल्याएका मोटरसाइकलहरू सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ स्थित रावल लेथ एण्ड इन्जिनिरिङ वर्कसपमा लगिदिने गरेको र मोटरसाइकलको पार्टपुर्जा अर्को मोटरसाइकलमा फेर्ने गरेको अनुसन्धानबाट खुलेको छ ।

उनीहरूलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि प्रहरी वृत्त बौद्ध पठाइएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *