देउवाले दिए बेलायती प्रधानमन्त्री लिज ट्रसलाई बधाइ

प्रधानमन्त्री शेरबहादुर देउवाले बेलायतकी नयाँ प्रधानमन्त्री लिज ट्रसलाई बधाइ दिएका छन् । प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमार्फत बेलायतको प्रधानमन्त्री निर्वाचित भएकोमा ट्रसलाई बधाइ दिएका हुन् ।

ट्रस संयुक्त अधिराज्यको कन्जरभेटिभ पार्टीको नेतामा निर्वाचित भएकी छन् । ४७ वर्षीया ट्रस पार्टीको नेतामा निर्वाचित भएको सोमबार घोषणा गरिएको थियो । दलको नेता बनेसँगै उनी आज संयुक्त अधिराज्यको प्रधानमन्त्रीमा नियुक्त हुँदैछिन् । उनी बेलायतकाे तेस्राे महिला प्रधानमन्त्री बनेकी छन् ।

प्रधानमन्त्री देउवाले लामो समयदेखिको नेपाल–बेलायत सम्बन्धलाई अझ सुमधुर बनाउन उनीसँथ काम गर्न आफू तत्पर रहेको सन्देशमा उल्लेख गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर