आमनिर्वाचन सुरक्षार्थ म्यादी प्रहरी कात्तिक ९ गतेदेखि कार्यक्षेत्रमा खटिने

आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन सुरक्षाका लागि आगामी कात्तिक ९ गतेदेखि म्यादी प्रहरी कार्यक्षेत्रमा खटिने भएका छन् ।

निर्वाचन सुरक्षाका लागि म्यादी प्रहरी छनोटसम्बन्धी कार्यविधि गृह मन्त्रालयबाट स्वीकृत भइसकेको प्रहरी प्रधान कार्यालयले जनााएको छ ।

प्रहरी प्रवक्ता (डीआईजी) टेकप्रसाद राईले मन्त्रालयद्वारा स्वीकृत कार्यविधिमा कात्तिक ९ गतेदेखि म्यादी प्रहरीलाई कार्यक्षेत्रमा खटाइने उल्लेख छ ।

प्रवक्ता राईका अनुसार म्यादी प्रहरी भर्नाका लागि यही भदौ २६ गते राष्ट्रिय दैनिक पत्रिकामा सूचना प्रकाशन गरिनेछ ।

त्यस्तै भदौ ३० देखि असोज ६ गतेसम्म आवेदन दिन सकिने, असोज ९ देखि १४ गतेसम्म छनोट प्रक्रिया सुरु हुुने र असोज २५ गते नजिता प्रकाशन गर्ने गरी कार्यविधि स्वीकृत भएको छ । यसैगरी असोज २७ र २८ गते नियुक्तिपत्र दिने कार्यविधिमा उल्लेख छ ।

प्रवक्ता राईले कात्तिक ८ गते तालिम सम्पन्न गरी कात्तिक ९ गतेबाट म्यादी प्रहरीलाई कार्यक्षेत्रमा खटाइने जानकारी दिए । म्यादी प्रहरीको कार्य अवधि ४० दिनको हुनेछ ।

प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि एक लाख १५ हजार म्यादी प्रहरी भर्ना गर्ने तयारी छ ।

मङ्सिर ४ गते हुने निर्वाचनमा पूर्वसुरक्षाकर्मी र पूर्वम्यादी प्रहरीलाई पहिलो प्राथमिकता दिइनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *