तनहुँ–२ बाट किरण गुरुङसहित तीन एमाले नेता सिफारिस

नेकपा एमाले तनहुँले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । दुई प्रतिनिधि सभा र चार प्रदेश सभा निर्वाचन क्षेत्रका लागि एमाले तनहुँले उम्मेदवार सिफारिस गरेको हो ।

प्रतिनिधि सभा निर्वाचनका लागि तनहुँ क्षेत्र नम्बर २ बाट एमाले स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री किरण गुरुङसहित तीन नेता उम्मेदवार सिफारिस भएका छन् ।

क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा प्रत्यक्षतर्फ नेता गुरुङसहित वर्तमान प्रतिनिधि सभा सदस्य केदार सिग्देल र विष्णु पराजुली अधिकारीलाई उम्मेदवार सिफारिस गरिएको एमाले तनहुँका जिल्ला अध्यक्ष श्रीप्रसाद श्रेष्ठले जानकारी दिए ।

क्षेत्र नं २ प्रदेश (क) का लागि कमल ढकाल, रामचन्द्र उपाध्याय, दुर्गाप्रसाद पराजुली, हर्कबहादुर गुरुङ, श्यामराजा महत, शिवबहादुर महत, शेषमणि आचार्य, अर्जुनप्रसाद नागिला र राधादेवी महत क्षेत्री सिफारिस हुनुभएको छ ।

प्रदेश (ख) का लागि विष्णुभक्त सिग्देल, राजेश्वर ढकाल, मेखबहादुर थापा, दिलबहादुर थापा, नारायण खनाल, रनबहादुर राना, इन्द्र थापा र डिना गोतामे सिफारिस भएका छन् ।

समानुपातिकतर्फ प्रतिनिधि सभाका लागि शेषमणि आचार्य, शान्तिदेवी खनाल, वेदकुमारी वाग्ले, विष्णुकुमार सिग्देल, एकबहादुर राना, विश्वबन्धु भण्डारी र राधाकुमारी महत सिफारिस भएका छन् ।

प्रदेश सभाका लागि समानुपातिकमा शिव अधिकारी, सविता रसाइली, धर्म खनाल, हरिबहादुर थापा, बाबुराम सुनार, आनन्दमान जोशी, सेतीमाया गौतम, श्यामकुमार श्रेष्ठ, सीता घिमिरे, देवबहादुर गुरुङ, कृष्णराज ढकाल, ममिन मियाँ, रणबहादुर गुरुङ, नुर महमद मियाँ, रामकुमार श्रेष्ठ, इन्द्रमान परियार, गञ्जसिंह गुरुङ, सीताराम सुर्खाली, विष्णुमाया ढकाल, प्रभा श्रेष्ठ र घनश्याम देवान सिफारिस भएका छन् ।

तनहुँ क्षेत्र नं १ को प्रतिनिधि सभा सदस्यका लागि एमालेका केन्द्रीय सल्लाहकार एकबहादुर राना सर्वसम्मत सिफारिस भएका छन् ।

क्षेत्र नं १ प्रदेश (क) का लागि कुलबहादुर थापा, तुलसीराम पाण्डे, निलमसञ्जिवा श्रेष्ठ, रामबहादुर गुरुङ, प्रदीपराज अधिकारी, मायानाथ कोइराला, प्रेमकुमार राना र कलाकुमारी ढकाल सिफारिस भएका छन् ।

प्रदेश (ख) का लागि इन्द्रबहादुर कुँवर, अम्मर भण्डारी, विन्दु बस्नेत, काशीराम भट्टराई, बाबुराम अधिकारी, अनिल पाण्डे र रत्नकुमार श्रेष्ठ सिफारिस भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *