उपेन्द्र यादव सप्तरी–२ बाट सर्वसम्मत सिफारिस

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको नाम सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधि सभा सदस्यका लागि सर्वसम्मत रूपले सिफारिस भएको छ ।

जनता समाजवादी पार्टी, नेपाल सप्तरी निर्वाचन क्षेत्र नं २ को सम्पन्न बैठकले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि अध्यक्ष यादवलाई सर्वसम्मत रूपले सिफारिस गरिएको जसपाका कोषाध्यक्ष एवं प्रचार विभाग प्रमुख वृजमान तामाङले जानकारी दिए ।

जसपा अध्यक्ष यादव २०७४ सालको निर्वाचनमा पनि क्षेत्र नं २ बाटै प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए ।

यस्तै सप्तरी निर्वाचन क्षेत्र नं १ बाट वर्तमान प्रतिनिधि सभा सदस्य डा. सूर्यनारायण यादव, पार्टीका केन्द्रीय कार्यकारिणी समिति सदस्य एवं (ख) का प्रदेशस भा सदस्य तथा मधेस प्रदेशका सामाजिक विकासमन्त्री नवलकिशोर साहको नाम सिफारिस भएको कोषाध्यक्ष एवं प्रचार विभाग प्रमुख तामाङले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर