भारतीय सेनाध्यक्ष पाण्डेले गरे नेपाली सेनाकाे स्टाफ कलेजको निरीक्षण भ्रमण

प्रधानसेनापति प्रभुराम शर्माको औपचारिक निमन्त्रणामा नेपालको पाँच दिने भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष मनोज पाण्डेले मंगलबार शिवपुरीस्थित नेपाली सेनाको कमाण्ड तथा स्टाफ कलेजको निरीक्षण भ्रमण गरेका छन् ।

भ्रमणका क्रममा स्टाफ कलेजमा आयोजित अन्तरक्रियात्मक समारोहमा उनी सरिक भएका थिए ।

आजै अपरान्ह ३ बजे प्रधानमन्त्री शेरबहादुर देउवासँग उनले शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको छ । साँझ हिन्दूहरूका आराध्यदेव पशुपतिनाथको दर्शन गर्ने कार्यक्रम रहेको नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

भारतीय सेनाध्यक्ष पाण्डेले मौसमले साथ दिएमा बुधबार बिहान मुक्तिनाथको दर्शन गरी कास्कीको पोखरास्थित मध्य कमाण्ड हेटक्वार्टरको निरीक्षण भ्रमण गर्नेे कार्यक्रम छ । त्यसपछि अपराह्न वसन्तपुरस्थित काठमाडौँ दरबार स्क्वायरको भ्रमण गर्नेछन् । बिहीबार भने नेपालस्थित भारतीय राजदूतावासको भ्रमण सकेर उनी वदेश पर्कने जनाइएको छ ।

प्रधानसेनापति शर्माको निमन्त्रणामा आइतबार नेपाल आएक भारतीय सेनाध्यक्ष पाण्डेलाई सोमबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गरेकी थिइन् । त्यसअघि उनले नेपाली सेनालाई भारतबाट सहुलियतपूर्ण रूपमा आएको २२ करोड ३८ लाख रुपैयाँ बराबरको सैन्य सामग्री हस्तान्तरण गरेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर